चुरे क्षेत्र र भित्री मधेशमा १० जलाशय निर्माण गरिने

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १६ : ४०
चुरे क्षेत्र र भित्री मधेशमा १० जलाशय निर्माण गरिने

काठमाडौं। सरकारले डढेलो नियन्त्रण गर्न चुरे तथा भित्री मधेशमा १० वटा जलाशय निर्माण गर्ने जनाएको छ ।आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले उक्त विषय समेटेको छ ।

वन विकास समातेको उपयोग गरी दिगो वन व्यवस्थापन, वन क्षेत्रको पुनःस्थापना, वन डढेलो तथा अतिक्रमण नियन्त्रण जस्ता वन संरक्षण कार्यक्रममा तीनै तहका सरकारको सहभागिता सुनिश्चित गरिने छ', नीति तथा कार्यक्रममा भनिएको छ, ‘जल भण्डार गर्न चुरे क्षेत्रमा १० जलाशय निर्माण गरिने छ ।'

प्रतिक्रिया दिनुहोस