आरआरआर र आदिपुरुषभन्दा महँगो छ नितेश तिवारीको फिल्म ‘रामायण’

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, ११ : १३
आरआरआर र आदिपुरुषभन्दा महँगो छ नितेश तिवारीको फिल्म ‘रामायण’

नयाँ दिल्ली । नितेश तिवारीको निर्देशनमा बन्न लागेको ‘रामायण’ चर्चा फिल्मको घोषणा हुनु भन्दा अगाडि देखिनै चलेको हो । फिल्मका कलाकार, उनीहरूको पोसाक लगायत हरेक विषयले निकै चर्चा पाइरहेका छन् ।

केही दिन अघि फिल्म सेटका तस्बिर र भिडियो लिक भएका थिए । यी तस्बिर र भिडियोहरू देखेर दर्शकहरू फिल्मप्रति झनै उत्साहित छन् ।‘आरआरआर’, ‘आदिपुरुष’ र ‘कल्की २८९८ एडी’ सबै ५ सय करोडभन्दा बढीको बजेट भएका फिल्म हुन् ।

तर रामायणले यी सबै फिल्मको रेकर्ड तोड्ने क्रममा छ । खबरका अनुसार फिल्मको पोस्ट प्रोडक्सनको काममा ६ सय दिन लाग्ने छ । चलचित्रको सुटिङ गत महिना सुरु भएको थियो । फिल्म सन् २०२६ मा रिलिज हुने बताइएको छ ।

फिल्ममा रणवीर कपुर र साई पल्लवी राम र सीताको भूमिकामा छन् । यो पौराणिक फिल्म यसअघि नै भारतमा अहिलेसम्मकै सबैभन्दा महँगो फिल्मको सूचीमा नै समावेश भइसकेको छ ।  ‘रामायणः पार्ट वन’ को बजेट १० करोड अमेरिकी डलर अर्थात ८३५ करोड रुपैयाँ हुने बताइएको छ ।

निर्माताहरूले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा बनाउन लागेको बताइएको छ । यसका लागि अनुमानित ८ खर्ब ३५ करोडको मेगा बजेट तय गरिएको छ । रामायण फ्रेन्चाइजमा निर्माताहरूले पैसाको खोलै बगाउन तयार रहेको स्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । यो फिल्मको भिजुअल इफेक्टले दर्शकहरू निकै ठुलो छाप छाड्ने बताइएको छ ।

२०२२ को ब्लकबस्टर फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपुरले मुख्य भूमिका निभाएका थिए । यो फिल्मको बजेट ४५० करोड थियो । फिल्मले बजेटभन्दा बढी कमाइ गरेको थियो। अब रणवीरले ‘रामायण’ मार्फत हिन्दी सिनेमामा नयाँ ट्रेन्ड सेट गर्ने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस