करीनाको पुस्तक विवादमा तानियो

एजेन्सी

सोमबार, ३१ बैशाख २०८१, ०९ : १९
करीनाको पुस्तक विवादमा तानियो

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूरद्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ विवादमा ताएिको छ । पुस्तकका उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको छ । 

अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् ।

उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ ।

पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराउने वकिल क्रिस्टोफर एन्थोनीको निवेदनमा नोटिस जारी भएको छ ।

मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता क्रिस्टोफर एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पु¥याएको दाबी गरेका छन् ।

‘बाइबिल विश्वभर इसाई धर्मको पवित्र किताब हो र करीना कपूर खानको प्रेग्नेन्सीको तुलना बाईबलसँग गर्नु गलत हो’ उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस