सेक्युरिटी प्रेस खरिद प्रकरणः विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १५ : ५५
सेक्युरिटी प्रेस खरिद प्रकरणः विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिवादवीहरूमाथि ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सफ्टवेयर तथा अन्य उपकरण खरिद सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानूनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँगको साँठगाँठमा गरिएको निष्कर्ष अख्तियारको छ ।

 

प्रतिक्रिया दिनुहोस