दमौली । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् ।
कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ ।
कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान