राष्ट्रियसभा बैठक : निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

आइतबार, ०७ असोज २०७५, १४ : १६
राष्ट्रियसभा  बैठक : निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो । 

सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस