बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १३ : १२
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ​अस्वस्थ भएका छन् । मुख्यमन्त्री ​जम्कट्टेललाई स्वास प्रश्‍वासमा समस्या देखिएको हो ।उनी एक कार्यक्रममा सहभागी हुन सिन्धुली गएका बेला स्वास्थ्यमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ । उनलाई काठमाडौं ल्याउने तयारी छ ।

 

उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर लैजाने तयारी रहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनलाई काठमाडौंको नर्भिक अस्पतालमा ल्याउने तयारी छ । 

प्रतिक्रिया दिनुहोस