काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेश सभासमक्ष पत्राचार गरेको छ ।
लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सांसद शर्मालाई गरिएको निलम्बनको निर्णय सच्याउन सभामुख रामचन्द्र मण्डललाई पत्र पठाएका हुन् ।
शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।
लोससा मधेशका उपनेता महतोले भनेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ । कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको ब्यहोरा अवगत गराउन चाहन्छौँ ।’


 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १६ : ०९
लेखकबाट थप