काठमाडौँ । धनुषाको एक सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले बताए ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताइएको छ । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा उक्त रकम लुटिएको प्रजिअ कडरियाले बताए। प्रजिअ कडरियाले घटना शङ्कास्पद रहेको पनि बताएका छन् । उनले भने, ‘त्यत्रो पैसा निकाल्दा प्रहरीलाई खबर नगर्ने खबर गरेको भए सुरक्षा दिइन्थ्यो, पैसा लुटिएपछि प्रहरीलाई खबर आयो, त्यही भएर घटना शङ्कास्पद छ ।’
घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने