दुई सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, १२ : ३०
दुई सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस