गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १६ : ४३
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।आइतवार दिउँसो गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले  विश्वासको मत मागेका छन् ।

 

मुख्यमन्त्रीले पेस गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिए ।'आज जुन मुख्यमन्त्रीले विश्वासको मत माग्नुभएको छ । त्यसमा म र मेरो दलले समर्थन गर्न नसक्ने जानकारी गराउँछु', उनले भने ।

 

प्रतिक्रिया दिनुहोस