जापानी विदेशमन्त्री आइतबार नेपाल आउँदै

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, ०८ : ३३
जापानी विदेशमन्त्री आइतबार नेपाल आउँदै

काठमाडौ । जापानकी विदेशमन्त्री कामिकावा योको आइतबार (वैशाख २३ गते) नेपाल भ्रमणमा आउँदै छिन्। 

उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएकी हुन्। 

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्।

जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस