मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।
जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छभने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।
स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए । उनका अनुसार चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ बैशाख २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो