बरहथवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।
बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका–१० का राउत मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ दीपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु
करेन्ट लाग्दा ३० वर्षीया युवतीको मृत्यु
ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु
बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
ब्राजिलमा बाढीका कारण मर्नेको सङ्ख्या ५६ पुग्यो
नदीमा डुबेर दुई युवकको मृत्यु, २ जना बिरामी