पोखरा । गत मङ्सिर अन्तिम साता लेखनाथमा कार दुर्घटना हुँदा दुई युवतीको मृत्यु भयो । अनिसा खड्का र भावना बरालको उक्त दुर्घटनामा ज्यान गएपछि आफन्तले कार चालक विरुद्ध जाहेरी दिए ।
अहिले चालक कारागारमा छन् । चालक मानबहादुर बानियाँले जेल बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिए । तर उच्चले उनको माग सुनेन । चैत २२ गते उनलाई थुनामै राख्न आदेश दिएको छ ।
कास्कीमा पछिल्लो ३ महिनामा मात्रै सवारी दुर्घटनामा ज्यान गुमाएका आफन्तले ७ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेका छन् । यो अवधिमा १७ वटा ठुला दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अहिले पनि उपचार भइरहेको छ ।
माघ, फागुन र चैत महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरू अत्यधिक रहेको प्रहरीले जनाएको छ । साेही अवधिमा २१ हजार १ सय ९२ वटा सवारीमाथि कारबाही गरिएको छ ।ती सवारी कारबाहीबाट १ करोड ७७ लाख ९२ राजश्व असुली गरेको छ । राजश्व उठाउने भन्दा पनि सचेतनाका लागि प्रहरीले काम गरिरहेको डीएसपी वसन्तकुमार शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु