भारतमा लोकसभा निर्वाचन : दोस्रो चरणमा १३ राज्यका ८८ सिटमा मतदान सुरु

एजेन्सी

शुक्रबार, १४ बैशाख २०८१, ०७ : ५०
भारतमा लोकसभा निर्वाचन : दोस्रो चरणमा १३ राज्यका ८८ सिटमा मतदान सुरु

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज (शुक्रबार) दोस्रो चरणको मतदान सुरु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो। 

दोस्रो चरणमा केरलाका सबै २० सिटमा मतदान भइरहेको छ। यस्तै कर्नाटकका १४ सिट, राजस्थानका १३, मध्य प्रदेशका ६ र असमका ५ सिटमा पनि आज मतदान भइरहेको छ।

पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन सिटमा पनि आज मतदान हुँदै छ। साथै मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मु-कश्मिरका एक÷एक सिटमा मतदान भइरहेको छ।

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी केरलाको वायनाड सिटबाट चुनाव लडिरहेका छन्। गान्धीविरुद्ध वामपन्थीले एनी राजालाई र भाजपाले के सुरेन्द्रनलाई उम्मेदवार बनाएका छन्।

प्रतिक्रिया दिनुहोस