काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार (कथानकतर्फ)का लागि आवेदन आह्वान गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै बोर्डले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार (फिचरतर्फ)को लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि सो अवधिमा सेन्सर पास भएका फिल्मले आवेदन दिन सक्ने जनाइएको छ ।
२०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका आदिवासी, जनजाति तथा मातृभाषी फिल्मले ‘राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कार’मा भाग लिन सक्ने जनाइएको छ । तर यस्ता फिल्मले राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् ।
यी विधागत फिल्म पनि हलमा सार्वजनिक प्रदर्शन हुनुपर्ने जनाइएको छ । तर पुरस्कार वितरण समारोहको मिति भने घोषणा छैन । राष्ट्रिय चलचित्र पुरस्कारलाई राष्ट्रपतिले शीतल निवासमा आयोजित समारोहमा वितरण गर्ने प्रचलन छ ।
गत वर्षको अवार्डको अनुभवबाट पाठ सिक्दै नयाँ कार्यविधिअनुसार यस वर्षको चलचित्र पुरस्कार आयोजना गर्न लागेको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
प्रस्तावित चलचित्र ऐनको विषयमा बोर्डले गर्यो सरोकारवालासँग छलफल
चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै आठ फिल्म संस्थाले बुझाए पत्र
३५ कलाकारलाई दीर्घ साधना र विशेष योगदान सम्मान