फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १४ : २०
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । 

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस