छाेरीकाे फिल्म 'किंग'मा शाहरुख खान डनकाे भुमिकामा देखिने

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, ११ : ३०
छाेरीकाे फिल्म 'किंग'मा शाहरुख खान डनकाे भुमिकामा देखिने

मुम्बई । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन्  ।  उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् । 

यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ । 

यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ ।  रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस