नेतृत्वमा पढेको मानिस भए फरक पर्छ: सीके राउत

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १६ : ०२
नेतृत्वमा पढेको मानिस भए फरक पर्छ: सीके राउत

सुर्खेत। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् । कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रूपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिकलगायत देश-विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए । “अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो,” उनले भने, “पढ्नु एकदमै आवश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ ।”

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए । मानिसले वर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए ।

प्रतिक्रिया दिनुहोस