मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा छौँ : राजेन्द्र महतो

बुधबार, १२ पुस २०७४, १४ : ३०
मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा छौँ : राजेन्द्र महतो

चितवन । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै महतोले सरकार निर्माणको सवाल आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै उनले सरकार निर्माणका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल नगरिएको दावी समेत गरे ।

नेता महतोले संविधान संशोधन भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने बताउँदै संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने योजना पनि सुनाए ।

महतोले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेर प्रदेश नम्बर २ मा सरकार बनाउने समेत खुलासा गरे । फोरमसँग पार्टी एकता गर्ने कुरालाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको पनि बताउँदै उनले राष्ट्रियसभाको निर्वाचन सम्बन्धि अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।
नेता महतोले राष्ट्रपतिले अध्यादेश जारी नगर्दा मुलुकमा संवैधानिक जटिलता थपिएको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस