भरतपुर अस्पतालका अवैध क्रियाकलाप, वेथिति र समस्याहरुप्रति अनेरास्ववियुको ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, १५ : ५०
भरतपुर अस्पतालका अवैध क्रियाकलाप, वेथिति र समस्याहरुप्रति अनेरास्ववियुको ध्यानाकर्षण

चितवन  । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले विज्ञप्ति बुझाउँदै ध्यानाकर्षण जनाएको हो ।

जिल्ला अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा अस्पतालभित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रीत गतिविधिले सेवाग्राहीहरू समस्यामा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरबाट स्वास्थ उपचारको लागि हजारौं मानिसहरू आउने चितवन जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पताल भित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रित गतिविधिले सेवाग्राहीहरु समस्यामा परेका छन् । अस्पताल भित्रका अवैध गतिविधि र व्यथितीहरुलाई अनेरास्ववियु जिल्ला कमिटी चितवनले केही समय अगाडिदेखि नजिकबाट शुक्ष्म रुपमा नियालिरहेको छ । अस्पतालका गतिविधि, समस्या र समाधानको लागि हाम्रो संगठनले निम्नलिखित बुदामा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउदछौं ।’

अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको वेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ । विज्ञप्ति बुझ्दै अस्पतालका मेसु डा तिवारीले अनेरास्ववियुले उठाएका अधिकांश समस्याहरु अस्पताल रहेका स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफू निरन्तर लागिरहेको बताए । आफू मेसु भएर आएको ५ महिना भएको र त्यस यता यी समस्या समाधान गर्न दैनिक डायरी बनाएरै लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस