हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, १५ : ००
हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । 

‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने । 

यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए । 

‘जब सम्पूर्ण कम्युनिस्ट शक्तिहरूबिच एकता र सहकार्य भएको त्यतिबेला ठुला उपलब्धि भएका छन् । दुई तिहाइ बहुमत ल्याएका छौँ । जब एक अर्काविरुद्ध विद्वेष फैलाउने काम गरेका छौँ, त्यतिबेला कमजोर भएका छौँ । विगतका तितो यथार्थ सबैले मनन गरेर अगाडि जानु आजको आवश्यक हो’, उनले भने । 

प्रतिक्रिया दिनुहोस