काठमाडौँ । वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको जहाज आज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएका विषयमा निरन्तर चासो लिएको भन्दै इजरायलमा रहेको जहाजलाई ल्याउन पहल गरेको मन्त्री तामाङले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए । मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का