१५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुन्छ : श्रममन्त्री अर्याल

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, १९ : ०५
१५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुन्छ : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत् रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने बताएका हुन् ।

‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने । श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरू बीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ ।

रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस