काठमाडाैं। गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।
जसबाट इजरायल-हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।
इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ बैशाख २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु