काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो । शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो ।
फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १६ : ०८
लेखकबाट थप