ओली–प्रचण्डबीच वार्ता सुरु

बुधबार, १२ पुस २०७४, १४ : ०३
ओली–प्रचण्डबीच वार्ता सुरु

चितवन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा भेटबार्ता सुरु भएको छ । भेटबार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघिमात्र ओलीनिवास बालकोट पुगेका छन् । बार्तामा पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा छलफल हुने बुझिएको छ ।

 गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको बताइएको छ ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।

हिजो चितवनको ४ दिन लामो चितवन बसाई सकेर प्रचण्ण्ड काठमाडौं फर्किएका थिए । हिजै दुई अध्यक्षबचि भेट हुन बताइएपनि आजै मात्रै भएको  हो । ओली प्रचण्ड  छलफलपछि  एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।
समितिमा दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस