काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहित पौडेललाई पनि गुमाएको छ । नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ३८ रन जोडेको छ। रोहितले १८ बल खेल्दै केवल ५ रन जोडे।
रोहितले सन्दीप जोराले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए। कुशल भुर्तेलले रन जोड्न सकेनन् भने आसिफ शेखले ८ रन बनाए। नेपालले ११ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १२ : २९
लेखकबाट थप