एसीसी प्रिमियर कप

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, ११ : ३३
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दैछ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि.सी बेन्चमा छन् ।

प्रतिक्रिया दिनुहोस