काठमाडौँ । नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले सो आकलन सुनाएका हुन् ।
उपसभापति खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा काँग्रेसको प्रचारात्मक अभियानसहित अघिल्लो चुनावको मत सङ्ख्याबारे ब्रिफिङ गरेका थिए ।
उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर व्यापक रूपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरूको पक्षमा आउने बताएका थिए ।
गत निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए । गत भदौमा उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । काँग्रेसका पराजित उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । उनी एमालेका नेता नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उपनिर्वाचनमा पनि सभापति देउवा पक्षका डम्बर खड्का नै उम्मेदवार बनेका छन् । काँग्रेसले उक्त क्षेत्रमा समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?