काठमाडौँ । नेपाली काँग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले सो आकलन सुनाएका हुन् ।
उपसभापति खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा काँग्रेसको प्रचारात्मक अभियानसहित अघिल्लो चुनावको मत सङ्ख्याबारे ब्रिफिङ गरेका थिए ।
उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर व्यापक रूपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरूको पक्षमा आउने बताएका थिए ।
गत निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए । गत भदौमा उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । काँग्रेसका पराजित उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । उनी एमालेका नेता नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उपनिर्वाचनमा पनि सभापति देउवा पक्षका डम्बर खड्का नै उम्मेदवार बनेका छन् । काँग्रेसले उक्त क्षेत्रमा समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक