काठमाडौ । इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जॅादा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनाएको छ। इलाम-२ मा आफ्नो पार्टीका उमेदवार लक्ष्मी गुरुङ्को पक्षमा माहौल बनाउन प्रतिनिधिसभाका तीन सांसद इलाम पुगेका छन्।
प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सचेतक बिना लामा र सांसद अनिसा नेपाली इलाम पुगेर घरदैलो गरिरहेका हुन्। चुनाव घोषणा हुनासाथ हल्दिबारी गाऊॅपालिकाका अध्यक्ष रबीन्द्र लिङ्देन इलामका विभिन्न गाऊॅमा सक्रिय भइरहेका छन्।
राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ् इलाममै बसोबास गर्ने स्थानीय उमेदवार हुन्। राजसंस्था र हिन्दुराष्ट्रको पुनस्स्थापना र संघीयताको खारेजी चाहने पार्टीले आफ्नो परम्परागत जनमत जोगाउॅदै गुणात्मक परिणाम निकाल्ने रणनीति बनाएको राप्रपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा