नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण ढिलाइ

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १३ : १५
नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण ढिलाइ

काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने तय भएको नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा दिउँसो पौने १२ बजेदेखि शुरू हुने तय भएको खेल वर्षाले मैदान भिजेका कारण एक घण्टासम्म पनि शुरू हुन नसकेको हो ।

गतराति वर्षाले मैदान भिजेको थियो । पीचमा समस्या आएपछि टस हुन नसकेको हो ।नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस