काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले कार्यालयका सब-इन्जिनियर मोतीप्रसाद बुढा, खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । उनीहरूविरुद्ध नौ लाख ९३ हजार ९४० रुपैयाँ बिगो माग दाबी गरिएको उनले बताए ।
उनीहरूले झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ र हानी पुर्याउने बद्नियतले भुक्तानी दिने/लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
डोल्पाको ठूलीभेरी नगरपालिका-३ दुनैमा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।
आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक विकास कार्यालयबाट विनियोजित रकमबाट ठूलीभेरी-३ स्थित दुनै सदरमुकाममा डीपीआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिमार्फत् निर्माण गरिएको खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत विवरण बनाएर अनियमितता गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर