काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।
सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए । ‘सहकारीबाट रित नपुर्याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ ।
प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ। त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ,’ उनी भन्छन् ।
यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो गर्यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ । त्यही प्रहरी भन्दै छ— को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केही हुनसक्छ ,’ लेखक भन्छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी