काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।
सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए । ‘सहकारीबाट रित नपुर्याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ ।
प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ। त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ,’ उनी भन्छन् ।
यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो गर्यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ । त्यही प्रहरी भन्दै छ— को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केही हुनसक्छ ,’ लेखक भन्छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?