एसीसी प्रिमियर कप क्रिकेट

ललित राजवंशीले लिए हङ्कङको चौथो विकेट

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १३ : ४५
ललित राजवंशीले लिए हङ्कङको चौथो विकेट

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको चौथो विकेट लिएको छ । हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका हुन् ।

ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका हुन् । पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको छ । नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस