हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १२ : ४८
हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

खेल नेपाली समय अनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो । वर्षा रोकिएकाले अबको केही समयमै खेल सुरु हुने बताइएको छ । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस