काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहीका अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ ।
यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मुकुन्द प्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याउँदै त्यहाँका सचिव विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुर्याइएको छ । यसअघि सिंहको युवा तथा खेलकुदमा सरुवा गर्ने भनिए पनि पछि आयोगमा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा
चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
सचिव विनोद प्रकाश सिंह अवकाश
चन्द्रकला पौडेल सचिवमा बढुवा