भोटाहिटीमा लागेको आगो नियन्त्रणमा, ३ लाख रुपैयाँ बराबरको क्षति

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १४ : ३९
भोटाहिटीमा लागेको आगो नियन्त्रणमा, ३ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं। काठमाडौंको भोटाहिटीमा लागेको आगो नियन्त्रणमा आएको छ ।भोटाहिटीस्थित एक खाजा घरमा शनिवार बिहान लागेको आगो अहिले नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रहरीका अनुसार ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।उक्त खाजा घर राजकुमार चौलागाईँले सञ्चालन गर्दै आएका थिए ।  खाजा घरमा रहेको फर्निचरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लागेको केही समयभित्रै २ वटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगो तत्कालै नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस