एसीसी प्रिमियर कप: दोस्रो खेलमा आज कतारसँग खेल्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, ०८ : ३८
एसीसी प्रिमियर कप: दोस्रो खेलमा आज कतारसँग खेल्दै नेपाल

काठमाडौ । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ । 

नेपाल र कतारबीचको खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयानुसार अपराह्न सवा ४ बजेदेखि शुरू हुनेछ।

पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै विजयी शुरूवात गरेको थियो । शुक्रबार नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

१० टिम सहभागी प्रतियोगिताको नेपाल साविक विजेता हो । नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् ।   

आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । शीर्ष तीन टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस