गण्डकीको मुख्य न्यायधिवक्तामा लमजुङका अधिकारी नियुक्त

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, १२ : ३१
गण्डकीको मुख्य न्यायधिवक्तामा लमजुङका अधिकारी नियुक्त

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो ।

यसअघि १०५ दिनको मुख्यमन्त्री हुँदा कास्कीका श्रीकान्त बराललाई नियुक्त गरिएको थियो । अहिले पनि उनैलाई नियुक्त गर्ने छलफल मन्त्री परिषद बैठकमा भएको थियो । 'बराल नै नियुक्त हुने कुरा थियो । उहाँलाई नै काम गर्ने गरी काठमाडौं पठाइएको हो,' श्रोतले भन्यो ।

तर निर्णय लेख्ने बेलामा अधिकारीको नाम उल्लेख छ । आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याविनेट बेठकले नियुक्त गरको हो । मुख्यमन्त्री नियुक्त भएको ५ दिनमा २ पटक मन्त्रीपरिषद बैठक बसिसकेको छ ।

उनले २०५० देखि ०५४ सम्म काठमाडौंमा र त्यसपछि लमजुङमा बसेर कानुन व्यवसाय गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस