नेपाल उद्योग वाणिज्य दिवसका अवसरमा मनकामना दर्शन प्रालि सम्मानित

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १९ : १८
नेपाल उद्योग वाणिज्य दिवसका अवसरमा मनकामना दर्शन प्रालि सम्मानित

चितवन । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८० वार्षिक साधारणसभाका अवसरमा महासंघले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय अन्तर्गत सबैभन्दा धेरै कर दाखिला गर्ने संस्था मनकामना दर्शन प्रालि सम्मानित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालि, सेल्स तथा मार्केटिङ निर्देशक यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन्। मनकामना दर्शन प्रालिले गत वर्षपनि सोही विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकाे बताए ।


 

प्रतिक्रिया दिनुहोस