वालिङ (स्याङ्जा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।
उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए। निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज शपथ खुवाइने छ ।
नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य निर्वाचित
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित