आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

रासस

सोमबार, २६ चैत्र २०८०, ०९ : ३४
आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले जनकपुरमा पुगेर घटनाबारे छानबिन र थप अनुसन्धान सुरु गरेका हुन् ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो ।

गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस