जेलेन्स्कीले भने, ‘युक्रेनमा क्षेप्यास्त्र सकिन लाग्याे, सहयोग चाहियो’

एजेन्सी

सोमबार, २६ चैत्र २०८०, ०८ : ५५
जेलेन्स्कीले भने, ‘युक्रेनमा क्षेप्यास्त्र सकिन लाग्याे, सहयोग चाहियो’

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले देशको क्षेप्यास्त्र सकिन लागेको बताएका छन् । 

उनले भने, ‘यदि रुसले युक्रेनमा द्रुत हमला गर्न जारी राख्यो भने, हामीसँग मिसाइलहरू समाप्त हुनेछन्। रुसलाई यो थाहा छ र अझै पनि आक्रमण गरिरहेको छ। हामीसँग लड्नका लागि अझै क्षेप्यास्त्र र ड्रोनहरू छन् तर ती चाँडै समाप्त हुदैँछन् ।’

जेलेन्स्कीले एक भिडियो सन्देशमा भने, ‘युक्रेनी सेनाको मिसाइलहरू समाप्त हुन लागेको छ यस क्रममा उनले अवस्था बिग्रँदै गएको बताए । सिपाहीले कसको सुरक्षा गर्ने भनेर गाह्रो छनोट गर्नु परेको छ। हामीलाई अमेरिकी पैट्रियट एयर डिफेन्स मिसाइल प्रणाली चाहिन्छ।’

२४ फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि अमेरिकाले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स मिसाइल प्रणाली दिएको थियो । यसले आकाशबाट आउने कुनै पनि खतरा महसुस गर्न सक्छ र मार्न सक्छ।

एयर डिफेन्स मिसाइल प्रणाली बाहेक युक्रेनले अमेरिकासँग सैन्य प्याकेज पनि चाहन्छ । वास्तवमा अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहयोग विगत एक वर्षदेखि रोकिएको छ । यसको कारण अमेरिकी संसदमा सहयोग प्रस्तावले बहुमत नपुगेको हो ।

बाइडेनले युक्रेनलाई सहयोग गर्न ४.९७ लाख करोडको सैन्य प्याकेज प्रस्ताव गरेका थिए । तर, डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले यसमा अवरोध खडा गरिरहेको छ ।

उता, रुसले अप्रिल ६ रातमा युक्रेनको खार्किभ सहरमा आक्रमण गरेको थियो । जहाँ ८ जनाको मृत्यु भएको थियो । रुसी सेनाले बम र मिसाइल प्रयोग गर्यो। यद्यपी युक्रेनले उक्त हमला ड्रोनबाट भएको दाबी गरेको छ । युक्रेनले भन्यो– रुसले इरानी ड्रोनबाट हमला गरेको छ । कतारी मिडिया हाउस अल जजिराका अनुसार तेरेखोभले भने, ‘आवासीय क्षेत्रमा आक्रमण गरिएको थियो। ९ भवन, ३ शरणार्थी शिविर छात्रावास, धेरै कारहरू ध्वस्त भएका थिए।

युक्रेनी वायुसेना कमाण्डरका अनुसार रुसले रातभर युक्रेनमा इरानी निर्मित ड्रोन र ६ वटा मिसाइल प्रहार गरेको थियो । लेफ्टिनेन्ट जनरल माइकोला ओलेशचुकले एक विज्ञप्तिमा युक्रेनले तीन क्रुज मिसाइल र २८ ड्रोन खसालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस