गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १५ : ५९
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।दोस्रोपटक मुख्यमन्त्री नियुक्त बनेका अधिकारीलाई आइतवार दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

गण्डकीका मुख्यमन्त्री पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुखले चैत २७ गते ३ बजेभित्र सरकार गठनको लागि आह्वान गरेका थिए ।नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ सांसदको समर्थनको दाबीसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए ।

 

 

सो पछि प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मुख्यमन्त्री नियुक्त भएका खगराजको मन्त्रीमण्डलमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले बिना विभागीय मन्त्री भएका छन् ।

उनीहरूले पनि मुख्यमन्त्रीसँगै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस