कांग्रेस केन्द्रीय सदस्य भण्डारीको घोषणा– आगामी महाधिवेशनमा पार्टी सभापति लड्दैछु

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, ११ : २५
कांग्रेस केन्द्रीय सदस्य भण्डारीको घोषणा– आगामी महाधिवेशनमा पार्टी सभापति लड्दैछु

काठमाडौं। गठन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले यस्तो घोषणा गरेका हुन् ।

नेता भण्डारीले अहिलेका सभापति शेरबहादुर देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने भएकाले अब आफूहरूको पालो आएको बताए ।तीन वर्षपछि आउन लागेको कांग्रेसको महाधिवेशनको तयारीमा आफू अहिलेदेखि नै लागेको भण्डारीले संकेत गरे ।

अर्को प्रशंगमा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरूमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताए ।

नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।

‘विगतमा अरुमाथि औंला उठाउनेहरूले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानबिन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्री लामिछानेप्रति कुनै आग्रह–पुर्वाग्रह होइन ।’

प्रतिक्रिया दिनुहोस