इलाम-२ उपनिर्वाचन

काँग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १५ : ३५
काँग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । इलाम-२ मा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ ।

एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

काँग्रेस उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग १४४ मतले पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस