सुनसरीको दुई स्थानमा निषेधाज्ञा

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १४ : १८
सुनसरीको दुई स्थानमा निषेधाज्ञा

सुनसरी। सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ।

शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस