१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई कैद सजाय

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १६ : १८
१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई कैद सजाय

काठमाडौँ । १० लाख पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छन् ।

काठमाडौँ जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

जाहेरवालाका अनुसार रिनाले बलात्कारको मुद्दामा फसाइदिने भन्दै सुरूमा ३० हजार रुपैयाँ नगद लिएकी थिइन् । त्यसपछि थप १० लाख रुपैयाँ मागेपछि जाहेरवाला प्रहरीकहाँ पुगेका थिए ।